Skip to content
LAXMI SUNRISE BANK

आइतबार पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ७० हजार १ सय मूल्यमा कारोबार भईरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK