![](https://1.bp.blogspot.com/-FVs9N-Qo40M/XbKRf_qqLkI/AAAAAAABTTA/p3EQpcBtLHwVKzA9Ei1bBXa5PttppxCTwCLcBGAsYHQ/s640/Gol.jpg)
काठमाडौँ – तिहारको मुखमा सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रति तोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ८ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।