
यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ६ सय १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ३७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।