![](https://1.bp.blogspot.com/-IQoO-4TZR24/XaLKnvkBXPI/AAAAAAABSsc/j78-1ecoznkBjXrbi_LmBX2i6aSgrZlogCLcBGAsYHQ/s640/Global-IME.jpg)
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेप तर्फ व्यक्तिगत रुपमा ९.२५ र संस्थागत रुपमा ८.५० प्रतिशत ब्याज रहेको छ । बैंकले हाल २१ वटा बचत खाता सञ्चालन गरिरहेको छ भने बैंकले सबैभन्दा धेरै ६ र सबैभन्दा कम ०.७५ प्रतिशत दिने भएको छ ।
बैंकले बचततर्फको नभई कर्जातर्फको पनि ब्याजदर सर्वजनिक गरेको हो । बैंकबाट कर्जा लिंदा सबैभन्दा बढी १५.५४ प्रतिशत ब्याज तिर्नुपर्नेछ । यस्तै ओभरड्राफ्ट, प्रोजेक्ट, एजुकेशन, हायरपर्चेज, सेयर धितोकर्जा लिँदा १५.५४ र होम, अटो लोन लिँदा भने १४.५४ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।
![](https://1.bp.blogspot.com/-2gFlxgh_vWs/XaLO0nyazlI/AAAAAAAAFlY/jdQ63H8oF3gXvRk17KpRK1r7W_9_5raPgCLcBGAsYHQ/s1600/finalllll.gif)