×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकले २५.५% लाभांश दिंदै, बोनस र नगद कति ?

GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकले २५.५% लाभांश दिंदै, बोनस र नगद कति ?

१४ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७५–७६ को मुनाफा लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले १२.५% बोनस र १२.५% नगद गरी कुल २५.५% लाभांश दिने निर्णय गरेको हो । 
बैंकले १ अर्ब २८ करोड ८८ लाख १४ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, सोही बराबरको रकम नगद बाँड्नेछ । हाल ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ रुपैयाँ छ । बोनस सेयरपछि भने पुँजी ११ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: