
काठमाडौं । आउँदो चैतबाट नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जी नेपालको कार्यकाल सकिनै लाग्दा अवको गभर्नर को बन्छ ? भन्ने चर्चा चल्न थालेको छ । यसैबीच गभर्नर पदका लागि पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका महाप्रसाद अधिकारीलाई प्रमुख दावेदारका रुपमा छन् । उनी सिए क्षेत्रमा समेत निकै प्रखर, इमान्दार र भलादमी सिएका रुपमा चिनिन्छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुचाएका व्यक्ति हुन् ।
गभर्नरको दौडमा रहेका अर्का व्यक्ति हुन् चार्टड एकाउन्टेन्ट सुबोध कुमार कर्ण । हाल राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका कर्ण नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पुर्व अध्यक्ष समेत हुन् । उनी साफाकासमेत पूर्व अध्यक्ष हुन् । नेपाल राष्ट्र बैंकमा पुगेपछि चार्टड एकाउन्टेन्टहरुको मुद्धामा खरो उत्रिएका उनी गभर्नरकासमेत प्रखर दावेदार हुन् । राजनीतिक रुपमा पनि उनी ओली निकट व्यक्ति हुन् । राष्ट्र बैंकको संचालक भएदेखि नै उनलाई अवको भावी गभर्नरका रुपमा समेत धेरैले चर्चा गरेका थिए ।
यसो त नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी पनि गभर्नर बन्ने लाइनमै छन् । तत्कालीन एमाले कोटाबाट डेपुटी गभर्नर बनेका उनलाई अवको गभर्नरका रुपमा हेर्न थाल्नेहरु पनि छन् भने उनले पनि यसका लागि तयारी सुरु गरिसकेका छन् । चर्चामा अरु थुप्रै पात्रहरु आए पनि खासमा गभर्नर बन्ने चाहिं माथिका मध्ये एक पात्र नै रहेको अधिकांसको बुझाइ छ । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्