Skip to content
LAXMI SUNRISE BANK

मंगलबार पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ७० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला ६९ हजार २ सय मूल्यमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रति तोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५९ हजार ३ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK