×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘खोलाको जग्गामा ऋण प्रवाह भयो वा पछि त्यो जग्गामा खोला पस्यो भन्ने थाहा छैन, घटनाचाहिं दुर्भाग्यपूर्ण छ’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘खोलाको जग्गामा ऋण प्रवाह भयो वा पछि त्यो जग्गामा खोला पस्यो भन्ने थाहा छैन, घटनाचाहिं दुर्भाग्यपूर्ण छ’ (भिडियो)

१४ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सिए. ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृतललाई सीआइबीले पक्रनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । नेपाल टेलिभिजन न्यूजबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘खोलाको जग्गामा ऋण प्रवाह भयो वा पछि त्यो जग्गामा खोला पस्यो भन्ने थाहा छैन । नेपालमा त पछि जग्गामा खोला पसेको पनि त देखेका छौं हामीले ।’ अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, ‘जे भएपनि यो घटना दुर्भाग्यपूर्ण हो ।’ अन्तर्वार्ताका क्रममा उनले भनेका छन् । यो घटनापछि बैंकरको आत्मविश्वासमाथि प्रहार भएको बताउँदै उनले उक्त घटनामा ऋणीको नियत नै खराब भएको बताएका छन् । जग्गा हेर्न गएका र भ्यालुएटर दोषी भएको र बाँकी अरु सबै प्रक्रियामा आएकाहरु भएको बताउँदै उनले यस घटनालाई नेपाल बैंकर्स संघले गम्भीर रुपमा लिएको बताएका छन् ।
उनीसँगको सो अन्तर्वार्ता नेपाल टेलिभिजन न्यूज एचडिमा यहि शनिबार राती ८:४५ बजे प्रशारण हुनेछ । हेर्नुहोस् भिडियो प्रमो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: