काठमाडौं – आइसीएफसी फाइनान्सले २ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ हजार रुपैयाँको दरले २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीले बिक्रि गर्ने ऋणपत्रमध्ये ८० हजार कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख २०हजार इकाई भने फाइनान्सले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
कम्पनीले ७ वर्ष अवधिको ‘१२% आइसीएफसी डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १२% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल ग्लोबल आइएमइ क्यापिटलले गर्नेछ । रेटिङ एजेन्सी केयर नेपालले यो ऋणपत्रलाई मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी बीबीबी (ट्रिपल बी)’ रेटिङ दिएको हो । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्