![](https://1.bp.blogspot.com/-GWrstaemahE/Xagy1j6jwVI/AAAAAAAAFtI/xNLdt7eRI6wSKszWNXFWK7ZfmJz_wGzswCLcBGAsYHQ/s640/2.gif)
काठमाडौं । बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरीरहेका बेला एनसीसी बैंक र सेन्चुरी बैंकले पनि आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी दुवै बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा संस्थागत तर्फ ८.५० र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत रहेको छ ।
हाल एनसीसी बैंकको १३ वटा र सेन्चुरी बैंकको २२ वटा बचत खाताहरु सञ्चालनमा रहेका छन् । यस्तै एनसीसी बैंकले बचतमा सबैभन्दा बढी ६.५० र सबैभन्दा कम ३ प्रतिशत ब्याज दिनेछ भने सेन्चुरीले सबै भन्दाबढी ६.५० र न्यूनतम १ प्रतिशत ब्याज दिनेछ ।
यस्तै दुवै बैंकले कर्जातर्फको पनि ब्याज सार्वजनिक गरेको छन् । सेन्चुरीबाट ऋण लिँदा सबैभन्दा बढी १७.२९ प्रतिशतसम्म र एनसीसीबाट ऋण लिँदा १६.६२ प्रतिशतसम्म ब्याज लाग्नेछ । सेन्चुरी बैंककाअनुसार बैंकबाट भेहिकल लोन लिँदा १७.२९ प्रतिशत ब्याज लाग्नेछ । होम लोनमा १६.५४, शैक्षिक धितो कर्जा १४.७९, सेयर धितो कर्जा लिँदा १५.५४ प्रतिशत ब्याज लाग्नेछ । यस्तै एनसीसीबाट सेयर धितो कर्जा, होम लोन, शैक्षिक कर्जा, सुन धितोमा कर्जा लिँदा १६.६२ प्रतिशत ब्याज लाग्नेछ भने सवारी साधन कर्जामा भने १४.६२ प्रतिशत ब्याज लाग्नेछ ।
![](https://1.bp.blogspot.com/-aArDzOp-HTA/Xagx_-j3T1I/AAAAAAAAFs8/bMLyvL364z4QnzTRuXrbMhT88mpczpdAACLcBGAsYHQ/s1600/4.gif)
![](https://1.bp.blogspot.com/-iTlydZcDOH0/Xagx__SsrHI/AAAAAAAAFs4/PCDaeb3pO-QZ-h18--KSikUX2oZ4MvywgCLcBGAsYHQ/s1600/5.gif)