×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ ठाउँ भाषण गर्दा ३ ठाउँमा चिप्लिए इश्वर पोख्रेल, चिनियाँ राष्ट्रपतिलाई ‘राजदुत’ भनेपछि चिनियाँ नै छक्क ! (भिडियोसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१ ठाउँ भाषण गर्दा ३ ठाउँमा चिप्लिए इश्वर पोख्रेल, चिनियाँ राष्ट्रपतिलाई ‘राजदुत’ भनेपछि चिनियाँ नै छक्क ! (भिडियोसहित)

Artha Sarokar

२८ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेताहरुले भाषण दिन थालेपछि कहिलेकाहीं नमज्जासँग चिप्लिने गर्दछन् । कतिपयले आफुले भनेको वा गरेको गल्तीलाई तुरुन्त सच्याउने पनि गरेका छन् । तर उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले काठमाडौँमा आयोजित एक कार्यक्रममा एउटै गल्ती तीन पटकसम्म तेर्याएका छन् । भर्खर नेपालको भ्रमण सकेर चिन फर्केका चिनियाँ राष्ट्रपतिलाई उनले महामहिम राजदुत भनेर सम्बोधन गरेका छन् । त्यो पनि एक पटक होइन ३- ३ पटक । 

सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले चिनियाँ राष्ट्रपतिलाई महामहिम राजदुत भनेर सम्बोधन गरेका हुन् । 
उक्त कार्यक्रममा उनले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरेका थिए । तर पटक पटक चिनियाँ राष्ट्रपतिलाई ‘महामहिम राजदुत’ भनेर सम्बोधन गरेपछि उपस्थित सहभागी पनि खिन्न देखिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी