
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरवैजन जाने भएका छन् । असंलग्न राष्ट्रका प्रमुखहरूको १८औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार अजरवैजनको बाकु जान लागेको हुन् । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै २५ अक्टुबरदेखि २६ अक्टुबरसम्म हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जनाएको छ ।
प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा जाने परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग भेटवार्ता गर्ने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनले १७औं सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयन र नयाँ योजनाबारे छलफल गर्ने बताइएको छ ।प्रधानमन्त्री ओली २७ अक्टुबरमा नेपाल आइपुग्ने छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्