
काठमाडौं । एक महिलाले पूर्वअर्थमन्त्री र हालका सभामुख कृष्णबहादुर महराले आफुमाथि ‘जवर्जस्ती’ गरेको आरोप लगाएसँगै बिकसित घटनाक्रमपछी महरा तिब्र राजनीतिक परामर्शमा लागेका छन् । यसैबीच उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका छन् । यौन दुर्व्यवहारको आरोपको छानबिनका लागि सहज वातावरण बनाइ दिन आफू तयार रहेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई आफु आवश्यक परे राजीनामा दिन पनि पछि नपर्ने बताएका छन् ।
उनी निकट स्रोतका अनुसार केहि दिन घटनाले कस्तो माहोल बनाउँछ भन्ने हेर्ने र दशैं अघि राजीनामा दिने तयारीमा उनी छन् । यौन दुर्व्यवहारमात्र होइन, उनले ती महिलालाई गाली गलौज गरेको अडियोसमेत विभिन्न ठाउँमा पुगिसकेकाले अव राजीनामाको विकल्प नरहेको उनीहरुको ठम्याई छ ।
यता महराको सचिवालयले भने उनले गरेको भनिएको यौन दुर्व्यवहारको आरोपको एक विज्ञप्तिमार्फत खण्डन गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्