
काठमाडौँ । सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने घोषणा गर्नु भएको छ । ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद समेत रहनु भएकी भुसालले ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ त्यहाँका पर्यटकीय स्थलहरु मंगलबजारलगायतका ठाउँमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्न लागिएको बताउनु भएको हो ।
बिहीबार ललितपुरमा एक कार्यक्रमका बीच उहाँले आफ्नो ‘सांसद विकास कोष पूर्वाधार योजना’ सार्वजनिक गर्दै ललितपुरलाई समृद्ध बनाउने मुख्य उद्देश्यसहित आफूले योजना छनौट गरिएको स्पष्ट पार्नुभयो । नेतृ भुसालले स्थानीय उपभोक्ता समिति बनाएर सो कोषको खर्च हुने भएकाले त्यसमा सांसदहरुको कूनै भूमिका नहुने पनि पटकपटक दोहो¥याउनुभयो ।
नेतृ भुसालले आफूले सो कोष अन्तरगत छनौट हुने सबै योजना ललितपुरका स्थानीय उपभोक्ता समितिसँग परामर्श गरेर तय गर्ने पनि बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्