
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्मकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन् । ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झन्डै दुई घण्टा वार्ता गरे ।
ओलीले ६ मन्त्री हेरफेर गर्न सक्ने बालुवाटार स्रोतले बतायो । शिवमाया तुम्बाहाङ्फेलाई प्रतिनिधिसभाको उपसभामुखबाट राजीनामाका विषयमा छलफल गरी मन्त्रीपदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो । मन्त्री रघुविर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सहरी विकासमन्त्री मात्रिका प्रसाद यादब , कृषिमन्त्री चन्द्रपाणी खनाल र खानेपानीमन्त्री विना मगर मन्त्रीपदबाट हटाउन लागिएको बुझिएको छ ।
कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो । सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवयस्था छ । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्