×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न, १६% लाभांश पारित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माछापुच्छ्रे बैंकको २१औँ वार्षिक साधारण सभा सम्पन्न, १६% लाभांश पारित

२८ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडको २१औँं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमध्ये, चुक्तापूँजीको ११ प्रतिशत नगद र ५ प्रतिशत बोनस लाभांश (बोनस एवं नगद लाभांशमा लाग्ने कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तिय संस्थाहरु एक आपसमा गाभ्न/गाभिने सम्बन्धि कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदानगर्ने निर्णय समेत गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुदनाफा गरेर प्रति शेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा २ अर्व ४५ करोड रुपैंया संचित छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले पूर्व झापा देखि पश्चिम कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४० वटा शाखाहरु र १३० शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७० स्थानबाट ७ लाखभन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १६२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: