×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पक्राउ पर्ने बेला पनि महराले निहुँ खोजे, भने, ‘मेरै गाडीमा जान्छु नत्र हुन्न…’ त्यसपछि के भयो ?

PRIME CA
GLOBAL IME BANK

पक्राउ पर्ने बेला पनि महराले निहुँ खोजे, भने, ‘मेरै गाडीमा जान्छु नत्र हुन्न…’ त्यसपछि के भयो ?

१९ आश्विन २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई प्रहरीले पक्राउ गरेको हो । असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिइन्। बलात्कार आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
प्रहरी टोलीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको हो । राजीनामा दिए पनि महराले सरकारी निवास छाडेका थिएनन् । 
तर पक्राउ पर्नेबेला पनि उनले निहुँ खोजेका छन् । उनले आफ्नै गाडीमा जान्छु नत्र हुन्न भन्दै निहुँ खोजेको स्रोतको दावी छ । प्रहरीले त्यसपछि उनलाई शर्त मानेरै भएपनि पक्राउ गर्ने तयारी गरेको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: