![](https://1.bp.blogspot.com/-zuwe-kQM_8g/XaU5ln-OusI/AAAAAAABSv0/PQcVOtw7BAgPaROwsjpSNPrPIHiCWesGACLcBGAsYHQ/s640/roshani-shahi_5wjYCh3aMS.jpg)
निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगागत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको उच्च स्रोतले जानकारी दियो । प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको थियो ।
स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ । यो समाचार कान्तिपुर दैनिमा मातृका दाहालले लेखेका छन् ।