×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कानुनको ‘छिद्र’ प्रयोग गर्दै महरा चौकीमा नबस्ने भए, कस्तो अवस्थामा यस्तो गर्न पाइन्छ ? के छ कानुनमा ? (भिडियो रिपोर्ट)

काठमाडौँ । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना हुने भएका छन् । हिरासतमा ल्याइएका व्यक्ति अस्वस्थ भएमा निजलाई अस्पतालमा राख्नुपर्ने कानुनी व्यवथा छ । तर प्रहरीको हिरासतमा हुँदा नमज्जा हुने हुनाले ठुला वा भीआइपी अभियुक्तहरुले अस्पताल रोज्ने गरेका छन् । 
कानुनी प्रक्रियामा अभियुक्तले ‘मलाई पेट दुख्यो’मात्र भन्यो भने पनि अस्पताल बस्न पाउँछ । महरालाई रक्तचापको समस्या भएपछि उनलाई अस्पताल लगिने भएको हो । उनलाई सामान्य रक्तचापको समस्या पहिलादेखि नै थियो । वा यस्तो तनावको बेलामा रक्तचापमा घटबढ देखिनुपनि स्वाभाविक हो । 
अस्पतालमा भर्ना भएर बेडमा रहनेगरी महरा परिवारले तयारी गरेको छ । कानुनअनुसार यसरी अस्पताल भर्ना हुँदा सोको खर्च अभियुक्तले नै तिर्नुपर्ने हुन्छ । प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा थप समस्या हुने भएकाले उनलाई अस्पतालको बेडमा राख्ने गरी तयारी गरिएको हो । ठुला व्यक्तिहरु ‘पेट दुख्यो’, वा ‘टाउको’दुख्यो भनेर नै पनि यसरी अस्पताल भर्ना हुन पाउँछन् ।
कानुन अनुसार यस्तो बेला अस्पतालमै प्रहरीले सुरक्षा दिन्छ । उनी थुनुवाकै रुपमा अस्पतालमा रहनेछन् । दशैंको बेला भएकाले अदालती कारबाही बन्द भएकाले लामो समय प्रहरी हिरासतमा बस्नुपर्ने हुनसक्छ । अदालती प्रक्रिया दशैंपछि मात्र सुरु हुने हुनाले उनको दशैँ हिरासतमै बित्ने भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: