
काठमाडौँ । सिडिएससी एण्ड क्लियरिङ्गको मेरोशेयर सफ्वयरमा भारित औषत लाभकर गणना विधिसहित अन्य नयाँ फिचर्सहरु थप भएका छन् । सिडिएसले सोमबारबाट नयाँ फिचर्स थपिएको साइट संचालनमा ल्याएको हो । मेरोशेयर प्रयोग गर्ने ग्राहकले मेरो शेयरमा लगईन गर्नासाथ सुरुमा खुल्ने ड्यास बोर्डमा भारित औसत लाभकर सम्बन्धि विवरण हेर्न सक्नेछन् ।
सिडीएससीका अनुसार लगानीकर्ताले आफ्नो हितग्राही खातामा मौज्दात रहेको धितोपत्रको लागतको भारित औषत गणना गर्न र उक्त धितोपत्र बिक्री गरेमा सोको राफसाफ तथा फछ्र्यौट प्रयोजनका लागि इडीआईएस प्रविष्टि मेरो शेयर मार्फत नै गर्न सक्नेछन्। लगानीकर्ताले मेरोशेयर मार्फत ईडिआईएस ट्रान्सफर गर्नु अगाडि भारित औषत लाभकर सम्बन्धि विवरण अध्यावधिक गरिएको हनुपर्ने ब्यबस्था गरिएको हो ।
हाल निष्काशन भईरहेका सार्वजनिक निष्काशन, हकप्रद, र आवेदन दिन बाँकी समय, लगानीकर्ताले आवेदन दिएको सार्वजनिक निष्काशनको संख्या र बाँडफाँड भएको निष्काशनको संख्या पनि हेर्न सकिने ब्यबस्था रहेको छ ।
मेरोशेयर सफ्वयरमा नयाँ फिचर्स थपिएसँगै बेवसाईटको लुक्स पनि परिवर्तन भएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्