![](https://1.bp.blogspot.com/-hRlC2UMjCv4/XbKwfUTo0jI/AAAAAAABTTs/PmLDHFcHBjooRaqc-oXC6S5LFBKob7e1QCLcBGAsYHQ/s640/dividends.jpg)
काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेडले १८.५३% लाभांश दिने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको २१७ औँ बैठकले १७.६०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३% नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले कुल ६४ करोड ७२ लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनसमा लाग्ने कर तिर्न ३ करोड ४० लाख ६७ हजार रुपैयाँ छुट्याएको छ । बैंकले हालै बिक्री गरेको २०% हकप्रद सेयरपछि कायम ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँबाट लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश २०% हकप्रद भर्नेले पनि पाउनेछन् । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार पुग्नेछ ।
नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया सुरु हुनेछ ।
![](https://2.bp.blogspot.com/-NVMY0KIW6bk/XbKvjLLht4I/AAAAAAABTTk/oj7cUL8IzVMErOM0n3NAJcRTKV1iH1-xACK4BGAYYCw/s320/1256%2B%25281%2529.jpg)