
काठमाडौँ । नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकका संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सीईओ अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
अधिकारीले त्रिविविबाट एमबीए र पूर्वान्चल विश्वविद्यालयबाट ईएमबीएको शैक्षिक योग्यता हासिल गरेका छन् ।नेपाल बैंकमा २०६१ मा सेवा प्रवेश गरी विभिन्न महत्वपूर्ण जिम्मेवारी अनुभव सँगाली अधिकारी विगत ६ महिनायता कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए । अधिकारीलाई गत असोज ११ गते बैंक सञ्चालक समितिको बैठकले सीईओमा छनोट गर्ने निर्णय गरेको थियो । यो पदमा १४ जना आकांक्षीहरुले आवेदन दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्