Skip to content
LAXMI SUNRISE BANK

अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री ओलीको निर्देशन ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कसुरको अनुसन्धान गर्दा पद र अनुहार नहेरी निष्पक्ष छानविन गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । ६४औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले कुनैपनि कसिमको दबाबमा नपरि निष्पक्ष अनुसन्धान गर्न प्रहरी संठनलाई सचेत गराउनुभएको हो । उहाँले अपराध अनुसन्धानको सवालमा प्रहरीले सरकारकम सहभागी सतापक्ष, राजनीतिक दल, ओहोदा, पद वा सम्पत्ति लगायतका विषयलाई हेर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो “म सरकारको तर्फबाट भन्न चाहन्छु । कुन पार्टी सरकारमा छ । यो प्रहरीले वास्ता गर्नुपर्ने विषय होइन । कसले अपराध गर्यो त्यो अनुहार हेर्नुपर्ने पनि विषय होइन । को पक्षमा छ । को विपक्षमा छ त्यो प्रहरीले मतलब राख्नु हुदैन । ककिुन पदमा छ , कुन ओहोदामा छ , के हैसियतको मान्छे हो ? कति सम्पत्तिवान मान्छे हो । यस्ता कुराहरुके प्रहरीलाई मतलब हुनुहुदैन । कानुनको पालना, काार्यन्वय र अनुहार नहेरीकन निश्पक्ष छानविन गर्नुपर्छ । कसैको दबाब मान्न हुदैन । ”
प्रधानमन्त्री ओलीले राजनीतिक दबाबको वास्ता नगरेपछि दबाब दिनेले पनि दबाब दिन छाड्ने र निश्पक्ष न्याय निरुपणबाट समाजमा सत्य स्थापित हुने बताउनुभयो । अपराधको राजनितिकरण गर्ने अनि राजनितिलाई अपराधिकरण गरि निश्पक्ष अनुसन्धान गर्न व्यवधान श्रृजना गरि प्रहरीलाई नै आरोप लगाउने प्रवृत्ति समाजमा देखिने गरेको उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिबाट प्रहरी सधै सजग हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रहरी दिवस भव्य र उल्लासपुर्ण रुपमा मनाउनुपर्नेमा त्यसो हुन नसकेको भन्दै अमर प्रहरी दिवस र प्रहरी दिवश छिुट्टा छुट्टै मनाउने व्यवस्था गर्न पनि आग्रह गर्नुभयो । उहाँले दुवै दिवस एकै दिन मनाउदा ‘बधाई दिने कि समवेदना’ दिने भन्ने अप्ठ्यारो स्थिति श्रृजना भएको उल्लेख गर्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK