
काठमाडौं – नेपाल राष्ट्र बैंकले ७ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । बैंकले यो ट्रेजरी बिल मंगलबार निष्काशन गर्नको लागि सोमबार अपराह्न ३ बजे बोलकबोल गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल निष्काशन गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले २०७६ साल माघ ७ गते (९१ दिन) परिपक्व हुने गरि २० करोड रुपैयाँ र २०७७ बैशाख ९ गते (१८२ दिन) परिपक्क हुने गरि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । त्यस्तै, १ वर्ष अवधिका लागि २ अर्ब रुपैयाँको ट्रेजरी जारी हुने भएको छ । यो ट्रेजरी बिल २०७७ कात्तिकमा परिपक्क हुनेछ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्