काठमाडौं । नेपाल राष्ट्र बैंकले कैलाश विकास बैंंकलाई गाभ्न प्राइम कमर्सियल बैंकलाई सैद्दान्तिक स्वीकृति दिएको छ । राष्ट्र बैंकको संचालक समितिको बैठकले प्राइम बैंकलाई कैलाश विकास बैंक गाभ्नको लागि सैद्दान्तिक स्विकृति दिएको हो ।
प्राइम बैंकले केहि दिन अघि मात्र कन्काई विकास बैंकलाई गाभेको थियो । प्राइमको कुल शाखा १ सय १३ रहेको छ भने कैलाश विकास बैंकको शाखा ९५ वटा रहेको छ ।