
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । उक्त कम्पनीहरुले वार्षिक नवीकरण शुल्क नबुझाएका कारण नेप्सेमा सेयर कारोबार रोक्का भएको हो ।
नेप्सेका अनुसार धितोपत्र विनियमावली २०७५ को विनियम १६ (१–क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएका कारण ८१ सुचीकृत कम्पनीहरुको कारोबार कार्तिक ३ गतेबाट लागू हुगे गरी स्थगित गरिएको हो ।
सेयर कारोबार रोक्का हुने कम्पनीहरुमा लघुवित्त कम्पनी, व्यापार कम्पनी, होटल, अन्य समूह, उत्पादन समूह, जलविद्युत समुह र बीमा समुहका कम्पनी रहेका छन् । नेप्सेलाई बुझाउनुपर्ने वार्षिक नवीकरण शुल्क नबुझाउने त्यस्ता कम्पनीलाई कारबाहीस्वरुप कारोबार रोक्का गरिएको हो।
हेर्नुहोस् : नेप्सेले जारी गरेको सूचना जस्ताको तस्तै :



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्