×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियाको चाडपर्व लक्षित योजना, देशभर पैसा पठाउन शुल्क नलाग्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनआईसी एशियाको चाडपर्व लक्षित योजना, देशभर पैसा पठाउन शुल्क नलाग्ने

१६ आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – एनआईसी एशिया बैंकले दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरलाई मध्यनजर गर्दै एनआईसी एशिया रेमिटको चाडपर्व लक्षित योजना ‘निःशुल्क आन्तरिक रेमिट्यान्स सुविधा’ सञ्चालनमा ल्याएको छ ।
यो योजना अन्तर्गत एनआईसी एशिया रेमिटबाट दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने योजना सञ्चालनमा ल्याएको हो ।
उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ शाखा कार्यालय, ७२ वटा विस्तारित काउण्टर, ४२ वटा शाखारहित बैंकिङ्ग इकाई एवं ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सकिने छ ।
असोज १४ गतेदेखि कात्तिक १६ गतेसम्म लागू हुने योजनाबाट चाडपर्वहरुको समयमा ग्राहकहरुले बिना झन्झट धेरै शाखा सञ्जाल भएको यस बैंकमार्फत् रकम पठाउन र प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: