×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु !

Artha Sarokar

३० आश्विन २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका चयनका लागि बिहीबार मतदान सुरु भएको छ । काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एक दिन ढिला गरी एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । निर्वाचनमा एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ–आफनो टिम बनाएर उम्मेदवारी दिनु भएको छ । 
चुनावी प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ–आफनै पक्षको जीत हुने दावी पनि गरेका छन । सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनु भएको छ भने प्रतिस्पर्धी आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सार्नु भएको छ ।
पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिनु भएको छ । निर्वाचनमा भाग लिनका लागि एनआरएनएका २६ सयभन्दा बढि प्रतिनिधिहरु सहभागी भएका छन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी