×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन मंगलबारदेखि, नयाँ नेतृत्व पनि चयन हुँदै ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गैरआवासीय नेपाली संघको विश्व सम्मेलन मंगलबारदेखि, नयाँ नेतृत्व पनि चयन हुँदै ! (भिडियो रिपोर्ट)

२८ आश्विन २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आवासीय नेपाली संघको ९ औ विश्व सम्मेलन मंगलबार देखि राजधानी काठमाण्डौमा हुने भएको छ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ९ औ विश्व सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । सम्मेलनमा ८१ मुलुकका गैह् आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागी समेत गरि २ हाजर ५ सय बढीको सहभागीता रहने संघले जनाएको छ । सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ । “म, मेरो एन आर एन ए र मेरो नेपाल” भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ । 
यसैबीच संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपालीहरु जस्तै गैह् आवासिय नेपालीहरु ठगिएको बताएको छ । पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफुहरु ठगिएको बताउनुभएको हो । विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उहाँले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र सो क्रममा नेपाल सरकारले ५० लाख भन्दा बढी मिनाहा दिएको पनि जानकारी दिनुभयो । तर जग्गा खरिद गर्ने क्रममा आफुहरु ठगिएको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो “जसरी सर्वसाधरण जनताहरु ठगिन्छन् त्यसैगरी आज नेपालमा गैह् आवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु ।
राजधानीको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी मुलुकमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: