
काठमाडौं – सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डमा तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मटिहानी नगरपालिका–८ का २२ वर्षीय राजकुमार साह रहेको छन् । सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले दिएको जानकारी अनुसार शनिबार बेलुका करिब ६ बजेतिर ज ७ प ३३९५ नम्बरको मोटरसाइकलमा चढी तीन लाख भारु बोकेर मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी–९ स्थित जलसागर पोखरी नजिकै खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारुसहित उनलाई पक्राउ गरिएको हो ।
प्रहरीले अवैधरूपमा नेपाली–भारुको सटही कारोवार गर्ने गरेको आशङ्का गरेको छ भने साहलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेकोसमेत सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्