×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चिनियाँ पाहुना आउने बहानामा फेरिएको तिनकुने पार्क, महानगरबासी भन्छन्, ‘थ्यांक यु शी चिनफिङ्ग’ (फोटो / भिडियो)

काठमाडौँ । काठमाडौँको तिनकुने पार्क । केहि समय अगाडीसम्म फोहोर, हिलाम्य र अव्यवस्थित यो पार्कले अहिले मुहार फेरेको छ । हिलोलाई व्यवस्थापन गरिएको छ भने वरीपरी विरुवा र फूल रोपिएको छ । पूरै पार्क अझै व्यवस्थित हुँदैछ । ‘त्यो कुरूप तिनकुने पार्क’ अहिले दुलहीझैं सिंगारिएको छ । पार्कभित्र रहेको फोहोरको व्यवस्थापन गरिएको छ । काठमाडौँ महानगरपालिकाको एक टोली नै उक्त स्थानमा बसेर काम गरिरहेको छ भने काम छिटो सक्न  ठुलो संख्यामा मजदुरहरु परिचालन गरिएको छ ।       
अरुबेलामा फ्लेक्सले फोहोर छोपिन्थ्यो । तर यसपाली पार्क साच्चै रमाइलो र राम्रो बनाइएको छ । चिनियाँ राष्ट्रपति शी चिनफिङ्गको नेपाल भ्रमणका लागि काठमाडौँ दुलहीझैं सिंगारिने क्रम बढ्दै गर्दा तिनकुनेले आफ्नो स्वरूप फेरेको हो । पार्कलाई पूरै हरियाली बनाइएको छ । केहि समय अगाडीको फोहोर र अव्यवस्थित तिनकुने पार्क देखेकाहरुले पनि यसपटक नयाँ अनुभूति गर्न पाएका छन् ।
चिनियाँ राष्ट्रपति त आउँछन्, जान्छन्, तर अव यो पार्क सधैं सफा र हरियाली बनाउने योजना महानगरपालिकाको छ । रोपिएका विरुवाहरुको हेरचाहको योजनासमेत बनिसकेको छ । अझ पूर्ण रुपमा यो पार्क बनिसकेपछि यो धेरैको घुम्न आउने, र तस्विर खिच्ने रमाइलो ठाउँ हुने कुरामा कुनै शंका छैन ।  र त यो सब देखेकाहरु भन्छन्, ‘थ्यांक यु शी चिनफिङ्ग’! 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: