×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पशुपति घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा थपियो, अव एक शव जलाए वापत १५ सय रुपैयाँ पाउने (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पशुपति घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा थपियो, अव एक शव जलाए वापत १५ सय रुपैयाँ पाउने (भिडियो रिपोर्ट)

६ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउने माग सम्बोधन नगरेको भन्दै बुधबार बिहान शव जगाउनेलगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउने सहमति गरेको हो । घाट सेवा केन्द्रका कर्मचारीहरुसँग उनीहरुको सेवा सुविधा वृद्धि गर्ने विषयमा सहमति गरिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । 
काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिनेशकुमार डंगोलको उपस्थितिमा गरिएको सहमतिमा घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाएको उल्लेख गर्दै त्यसलाई आजैका मितिबाट कार्यान्वयनमा लैजान लागिएको पनि कोषले जनाएको छ ।
सहमतिअनुसार घाट सेवा केन्द्रका कर्मचारीहरुले अव एउटा शव जलाएवापत १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ पाउनेछन भने औषधि उपचार खर्च पाँच हजारबाट बढाएर १५ हजार पु¥याइएको छ । त्यसैगरी अवकाश पाउँदा उपदानवापत डेढ लाख पाउनेमा पाँच लाख पु¥याइएको छ । १० वर्ष काम गरेका घाट सेवाका कर्मचारीलाई अवकाशवापत ५० हजार दिँदै आएकोमा अव १ लाख ५० हजार पाउनेछन । सदस्य सचिव ढकालले १० वर्षदेखि १५ वर्षसम्म काम गर्दै आएको घाट सेवाका कर्मचारीलाई १ लाख अवकाश पछि पाउने उपदान बढाएर ३ लाख दिने सहमति गरिएको पनि बताउनु भयो । त्यसैगरी १५ वर्ष बढि सेवा गरेका घाट सेवाका कर्मचारीले पाउने उपादान वापतको रकम १ लाख ५० हजारबाट बढाएर ५ लाख पु¥याउने सहमति पनि गरिएको छ । यसैबीच, काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डंगोलले १५ वर्षभन्दा बढि काम गरेका घाट सेवाका कर्मचारीहरुलाई ५ लाख उपदान दिने सहमतिप्रति असन्तुष्टि जनाउँदै कम्तिमा १० लाख पु¥याउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यता, घाट सेवाका कर्मचारीहरुले पनि १५ वर्ष सेवा पूरा गरेका आफूहरुलाई पाँच लाख मात्रै उपादान दिने सहमति गरिएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरुले कम्तिमा १० लाख उपादान दिने व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषसँग माग पनि गरेका थिए ।
यसैबीच, पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्ने योजना पनि अघि सारेको छ । शव दोहन गर्ने कार्यमा अवरोध आउन नदिन विद्युतीय शवदाह गृहको क्षमता विस्तार गर्न एउटा शव दोहन गर्ने मेसिन थप गर्न लागिएको कोषका सदस्य सचिव ढकालले बताउनुभयो ।
हाल पशुपतिको विद्युतीय शवदाह गृहमा शव दोहनका लागि २ वटा मेसिन राखिएको छ । त्यसलाई थप गरेर तीन वटा बनाउने कोषको योजना छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: