Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : आफ्नो नाम सूचीबाट हटाउन भरतपुर महानगरपालिकालाई पिजे थापाको पत्र (पत्रसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपालमा लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अडिटरहरुलाई सूचीकृत नहुन दिएको निर्देशन विपरित भरतपुर महानगरपालिकामा ४६ अडिट फर्महरु सूचीकृत भएको प्रमाणसहितको समाचार अर्थ सरोकारले सार्वजनिक गरेपछि यस प्रकरणमा मुछिएका आइक्यानका पूर्वअध्यक्ष प्रकाश थापाको अडिट फर्मले सूचीकरण फिर्ता गर्न नगरपालिकामा पत्र लेखेर उदाहरणीय काम गरेको छ । अर्थसरोकारमा समाचार सार्वजनिक भए लगत्तै पीजे थापा एण्ड कम्पनीका तर्फबाट साझेदार निर्देश श्रेष्ठले भरतपुर नगरपालिकाका नाममा पत्र लेख्दै उक्त सूचीकृत नामावलीबाट आफ्नो नाफ हटाइदिन आग्रह गरेका हुन् ।

उनको पत्र भरतपुर महानगरपालिकामा दर्ता नम्बर ४७२८मा दर्ता भएको छ । पत्रमा पीजे थापा एण्ड कम्पनीले फर्मको कुनै निवेदन पत्र वा अनुरोध विना कार्यालयले सूचीकृत नामावलीमा नाम प्रकाशन गरेकोमा गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ । एक स्कुलले लगेर सिए फर्मलाई सूचीकरणमा हालेको पीजे थापा एण्ड कम्पनीका पार्टनर निर्देश श्रेष्ठको दावी छ । पत्रमा आइक्यानको नियमअनुसार सो संस्थाबाहेक लेखापरिक्षकहरु कुनै पनि अन्य निकायमा दर्ता / सूचीकृत हुनु नपर्न नियम भएकोसमेत प्रष्ट पारिएको छ ।  हेर्नुहोस् पत्र :   
अरुले पनि कदम चाल्ने कि ?
यसरी आइक्यानको नियम मिच्नेहरुमा ४६ जना अन्य अडिटर छन् । प्रकाश थापाले पत्र नै लेखेर आफ्नो नाम हटाउन लगाएपछि अरु अडिटरहरु नैतिक संकटमा परेका छन् ।  अव थोरैमात्र नैतिकता र आइक्यानप्रतिको इमान्दारिता हुनेलाई पीजे थापा एण्ड कम्पनीको  कदमले गल्ती सच्याउने बाटो खुला गरिदिएको छ । यता आइक्यानका अध्यक्षले भने सूचीकरणमा जानेहरुलाई आइक्यानले कारवाही गर्ने बताईसकेका छन् । अव यो प्रकरणले कुन रुप लिन्छ त्यो भने हेर्न बाँकी नै छ ।    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK