
यद्दपि बैंकले भने अहिलेसम्म साधारणसभा गर्ने दिन तोकेको छैन । प्रभु बैंकको सञ्चालक समितिको गत असोज १७ गते बसेको बैंकले चुक्ता पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार ९०६ रुपैयाँको १६ प्रतिशतले हुन आउने १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । यस्तै बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.८४ प्रतिशतको दरले हुन आउने ७ करोड ४८ लाख ८५ हजार ६८२ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।