×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकले कार्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रभु बैंकले कार्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल !

८ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 पालुङटार
काठमाडौँ – प्रभु बैंकले कार्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गर्ने भएको छ । बैंकले ‘१०.२५% प्रभु बैंक डिबेन्चर २०८६’ बिक्री खुला गर्ने भएको हो । 
बैंकले बिक्री गर्ने उक्त ऋणपत्र एक हजार रुपैयाँ अंकित दरका १० लाख इकाई जारी गर्न लागेको हो । कूल १० लाख इकाईमध्ये ऋणपत्रमध्ये ४ लाख इकाई सर्वसाधारणमा जारी हुनेछ भने ६ लाख इकाई बैंकले आफ़्नै पहलमा अन्य संघ संस्थालाई बिक्री गर्नेछ।
रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु बैंकको यस ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने एलबीबीबी रेटिङ दिएको छ । बैंकले जारी गर्ने १० वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी पाउनेछन् ।
बैंकको उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई तोकिएको छ । उक्त ऋणपत्रमा छिटोमा कार्तिक २५ गतेसम्म आवेदन गर्न पाइनेछ भने सो अवधिमा सबै ऋणपत्रका लागि आवेदन नपरेमा ढिलोमा मंसिर २० गतेसम्म आवेदन गर्न सकिन्छ। 
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: