×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीद्धारा नागढुंगा सुरुङ मार्गको शिलान्यास ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रधानमन्त्री ओलीद्धारा नागढुंगा सुरुङ मार्गको शिलान्यास ! (भिडियो रिपोर्ट)

५ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको शिलान्यास गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तर्गतको सो सुरुङ मार्गको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्नु भएको हो । उहाँले सो कार्यक्रममा बोल्दै नेपालले सुरुङ मार्गको नयाँ युगको प्रवेश गरेको उल्लेख गर्दै आम नेपाली जनतालाई बधाई दिनुभयो । प्रधानमन्त्री ओलीले जलविद्युतको क्षेत्रमा, सिंचाईको क्षेत्रमा नहरहरु बनेपनि राजमार्गमा सुरुङ निर्माणका कार्य पहिलो पटक नेपालमा भएकोमा आफूलाई खुसी लागेको पनि बताउनुभयो । उहाँले सो सुरुङ मार्ग तोकिएको समयमा सम्पन्न गर्न जापानको हाजमा इन्डो कर्पोरेशनलाई सचेत पनि गराउनुभयो ।

४२ महिना भित्र निर्माण सम्पन्न हुने गरी सो सुरुङ मार्ग जापान सरकारको ऋण सहायतामा बन्न लागेको हो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सो सुरुङ मार्ग निर्माणका लागि सहयोग गरेकोमा जापान सरकार र जापानी जनताप्रति पनि आभार व्यक्त गर्नुभयो । उहाँले आफू नेतृत्वको वर्तमान सरकारले नेपालको ईतिहासमा यति धेरै सडक निर्माण गरेको कहिल्यै नभएको पनि स्पष्ट पार्नुभयो । उहाँले सुरुङ मार्ग निर्माणको अन्य कामलाई पनि सरकारले तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । टोखा–छहरे, बेत्रावती–स्यापूवेशी सुरुङ मार्गलाई पनि अगाडि बढाउन लागिएको पनि प्रधानमन्त्री ओलीको भनाई छ । ‘१६ सय किलो मिटर सडक त कालोपत्रे गरिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘एयरपोर्टहरु बन्दैछन, फाष्ट्र ट्रयाक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ, नेपालको इतिहासमा यति धेरै सडक मार्ग कहिल्यै बनेको थिएन ।’

प्रधानमन्त्री ओलीले अव सडक पेटीमा कुनै पनि मानिस देख्न नपर्ने दावी पनि गर्नुभयो । उहाँले सडक पेटीमा कोही मानिस भए सरकारले उनीहरुको आवासको व्यवस्था गर्ने आश्वासन पनि दिनुभयो । हेर्नुहोस् भिडियो :

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सो सुरुङ मार्ग निर्माणको काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाडौंको सडक आगामी पुस महिनाभित्रसम्म कालोपत्रे गरिसक्ने दावी पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत मासामिची साईगोले सो सुरुङ मार्गको निर्माण कार्यले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि सो सुरुङ मार्ग निर्माण कार्य उपयोगी हुने पनि बताउनुभयो ।

जापानको ऋण सहयोगमा निर्माण हुने लागेको सो सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर रहेको छ । १३ अर्व ५० करोड बजेट लाग्ने अनुमान गरिएको सो सुरुङ मार्गका लागि जापान सरकारले नेपाललाई शून्य दशमलव शुन्य १ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको हो । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: