
काठमाडौँ । श्रम विभागले भ्रष्टाचार र ठगीका विरुद्धमा कडा कदम चाल्ने प्रेमप्रसाद सञ्जेललाई ठगीका मुद्दा हेर्न रोक लगाएको छ । विभागले सञ्जेललाई एक पत्र लेख्दै मुद्दा नहेर्न भन्दै चेतावनीसमेत दिएको हो ।
सञ्जेलले आफ्नो कार्यकालको छोटो अवधिमै २ करोड १२ लाख बढी सर्वसाधरणको ठगीको रकम उठाएका थिए । सञ्जेलले ठगलाई समाउने र रकम उठाइदिने आशाले श्रम कार्यालय आउने गरेका पीडित सर्वसाधरण भने अहिले निराश हुँदै फर्किने गरेका छन् ।
तर सञ्जेललाई नै उजुरी नलिन श्रम विभागले पत्र पठाएपछि पीडितसामू उनी पनि नतमस्तक भएका छन् । पहिले श्रम तथा रोजगार कार्यालय विराटनगरको काम श्रमिकको र उद्योग, प्रतिष्ठान व्यापारका लगानीकर्ताको मुद्दा हेर्ने काम थियो । वैदेशिक रोजगारी श्रम स्वीकृतिको काम सुरु भएपछि भने वैदेशिक रोजगारीमा लैजाने नाममा भएका ठगी गरेका विषयमा पनि यस कार्यालयबाट काम हुन थाल्यो । अब वैदेशिक रोजगारी ठगीका मुद्दा नहेरिने सञ्जेलको भनाइ छ । १ नम्बर प्रदेशबाहेक अन्य श्रम कार्यालयले ठगीका मुद्दा नलिएको र अब आफूलाई पनि नगर्नु भनि पत्र आएको कारण काम गर्न नसकिने भन्दै फर्काउने गरेको सञ्जेलले बताए।
मौखिक रुपमा आएको अधिकारपछि सञ्जेलले झण्डै डेढ सय जनाको २ करोड १२ लाख ठगीको पैसा असुल उपर गरिदिएका थिए भने ५६ लाख रुपैयाँ फिर्ता गराउने प्रक्रियामा छ। सञ्जेल गत फागुन २३ गतेदेखि त्यस कार्यालयमा हाजिर भएका थिए। भदौको पहिलो सातासम्म वैदेशिक रोजगारमा जानेहरूलाई पैसा लिइ रोजगारमा नपठाउने ठगहरूलाई पक्राउ गरि सो रकम उठाएको उनले जानकारी दिए।
श्रम कार्यालयका प्रमुख सञ्जेल उक्त कार्यालयमा आएपछि ठूलादेखि सानासम्म ठगलाई पक्राउ गरेर वैदेशिक रोजगारीमा लगिदिने नाममा हुने ठगीका रकम फिर्ता गराएका थिए। यो खबर देशका सबै क्षेत्रमा पुगेपछि पूर्वदेखि पश्चिमसम्मका ठगीमा परेका पीडितहरु उनैको च्याम्बरमा आउने गरेका थिए। सञ्जेललाई श्रम कार्यालय विराटनगरबाट सरकारले सरुवा गरेको थियो । सञ्जेललाई अदालतले पुनर्वहाली गरेपछि भने पुनः श्रम कार्यालयमा काम गरिरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्