Skip to content
LAXMI SUNRISE BANK

‘न्यूज नहालिदिनूस्’ भनेर अनुरोध गर्ने ललितपुर फाइनान्सका सीइओले कालोसूचीको न्यूज आएलगत्तै दिए राजीनामा !

अर्थ सरोकार

काठमाडौँ । बैंककै सीइओ कालोसूचीमा परेकोबारे प्रश्न गर्दा, ‘मेरो नाम कालोसूचीमा हालिदिएछ, व्यवहार मिलाउँदैछु, यसलाई न्यूजचाहीं नबनाईदिनुहोला’ भनेर अर्थ सरोकारकर्मीलाई अनुरोध गर्ने ललितपुर र्फाइनान्सका सीइओ सुरेन्द्र नुच्छे प्रधानले अर्थ सरोकारमा उक्त समाचार आउने बित्तिकै कम्पनीको सीइओ पदबाट राजीनामा दिएका छन् । फाइनान्सका एक संचालकले उनको राजीनामाको पुष्टी गरेका छन्।
‘उहाँले कालोसूचीमा नाम राखीदिएछ। सल्टाउँला भन्दै थिएँ, अर्थ सरोकारले समाचार हालिसकेछ, नैतिक संकट भयो, अव बस्दिन भन्नुभयो । त्यसपछि उहाँलाई राजीनामा दिए राम्रो भन्ने सल्लाह धेरैले दिए । त्यसपछि उहाँको राजीनामा आयो । स्वीकृत पनि भयो।’ कम्पनीका एक संचालकले अर्थ सरोकार डटकमसँग भने,’ हामीले ररिक्त रहेको सीइओ पदमा कामु सीइओको नियुक्ति गरेर १६ गते नेप्सेमा जानकारीसमेत दिइसकेका छौँ । उहाँले भने अर्थ सरोकारले समाचार प्रकाशित गरेलगत्तै नै राजीनामा दिनुभएको थियो । ‘ उनले भने ।

केहि दिनअघि उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमाराखेको थियो । कर्जा सूचना केन्द्रले कालोसूची नम्बर १४४४४ मा उनको नाम राखेको छ । बैंक तथा वित्तीय संस्थाको प्रमुख नै कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको यो पहिलो उदाहरण हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK