×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराहन्न ३ बजे बोलकबोल हुँदै !

PRIME CA

नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने, अपराहन्न ३ बजे बोलकबोल हुँदै !

अर्थ सरोकार

६ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले कार्तिक ७ गते बिहीबार ९१ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्ने भएको हो । 
सरकारले आवश्यक रकम जुटाउन उक्त रकमको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।राष्ट्र बैंकले १० करोड रुपैयाँ ९१ दिन अवधिका लागि र २ अर्ब रुपैयाँ ३६४ दिन अवधिका लागि ट्रेजरी बिल बिक्रि गर्न लागेको हो । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माग १४ गते परिपक्क हुनेछ भने ३६४ दिन अवधिको २०७७ कार्तिक ११ गते परिपक्क हुनेछ।
बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा बिहीबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । कार्तिक ८ गते शुक्रबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: