काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चीनको एक कम्पनीलाई दिएको छ । राष्ट्र बैंकले ३१ थान १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न लागेको हो ।
चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिनटिङ कर्पोरेशनले नयाँ नोट डिजाइन, छपाइ तथा आपूर्तिको काम गर्ने भएको हो । कम्पनीले ९१ लाख ९० हजार अमेरिकी डलरमा नोट छापि, डिजाइन गरी नेपाल पठाउने पनि बताइएको छ ।
चिनियाँ कम्पनीले छापेका उक्त नयाँ नोट नेपाल आइपुग्न करिब ८ महिना लाग्ने बताइएको छ ।