×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपति भण्डारी म्यानमारबाट सीधैं जापान प्रस्थान, जापानमा के के छन् कार्यक्रम ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ कार्तिक २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

राष्ट्रपति भण्डारी म्यानमारबाट सीधैं जापान प्रस्थान, जापानमा के के छन् कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारबाट सीधैं जापान प्रस्थान गरेकी छन् । म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि म्यानमार गत असोज २९ गते गएकी हुन्  ।
यस्तै राष्ट्रपति भण्डारीको म्यानमारबाट सिधै जापान पनि जाने कार्यक्रम पनि रहेको  थियो । सोहि अनुसार म्यानमारबाट आइतबार बिहान जापानतर्फ लागेकी हुन् । म्यानमारबाट थाई एयरवेजको विमान चढेकी राष्ट्रपति भण्डारी आइतबार राति जापान पुग्ने बताइएको छ ।
राष्ट्रपति भण्डारी जापानी सम्राट नोरुहितोको राज्याभिषेकमा सहभागी हुनुका साथै भ्रमणको दौरानमा उनले भेटघाट तथा अवलोकनसमेत गर्ने पनि बताइएको छ । 
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीसँगै म्यानमार पुगेकी हुन् । 
भण्डारीले म्यानमारमा हुँदा राष्ट्रपति मिन्तलगायतसँग भेटवार्ता गरेकी थिइन् भने भ्रमणको दौरानमा राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यान्मा र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रपति भण्डारी कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: