काठमाडौँ । गरिब तथा विपन्न पारिवारलाई कर्जा नलिए बाँच्न गाह्रो छ। उनीहरूलाई अधारभूत आवश्यकता पूरा गर्न साहुमहाजनसँग ऋण लिनैपर्छ। खासगरी अतिविपन्न तथा बेरोजगार पारिवारले छोरीलाई बिहेमा दिनुपर्ने दाइजो, वैदेशिक रोजगारीमा जाँदा लाग्ने रकम, स्वास्थ्योपचारलगायत सामान्य घरखर्च चलाउन पनि ऋण लिनुपर्ने बाध्यता छ। तर, धनुषाको एक गाउँको कथा सुनेर कतिपयलाई पत्यार नलाग्न सक्छ, जहाँका २५ जना गाउँलेको करिब ३० लाख रुपैयाँ लिएर कर्मचारी नै भागेपछि उनीहरू कंगाल बनेका छन्।
जनकपुर–ढल्केबर सडकखण्डअन्तर्गत पर्ने महेन्द्रनगर बजारबाट ५ किलोमिटर पश्चिमतर्फको दूरीमा पर्छ, शान्तिपुर गाउँ। बटेश्वर गाउँपालिका–५ स्थित शान्तिपुर मुस्लिम टोलमा करिब ४५ घरधुरी छन्। मुस्लिम टोलका २५ जना महिलाले सहकारी बैंकबाट सुलभ दरमा ऋण लिएर ३६ प्रतिशत ब्याजदरमा अर्को व्यक्तिलाई ऋण दिए। तर, ऋण लिने व्यक्ति नै फरार भएपछि उनीहरू अहिले बिचल्लीमा छन्।
चार वर्षअघि गाउँकै सुरेन्द्र सिंहकी पत्नी जसोधा सिंह छिमेकी लघुवित्त विकास बैंकको सहजकर्ता बनेर आइन्। जसोधाले मासिक बचत गर्नेगरी पाँचजनाका दरले पाँचवटा समूह बनाइन्। प्रतिमहिना सदस्यहरूले तीन सय रुपैयाँका दरले जम्मा गर्न थाले। जम्मा गरेको तीन वर्ष पनि बित्यो। तीन वर्ष पूरा भएपछि संस्थाकी कर्मचारी जसोधाले आफूलाई आवश्यक परेको भन्दै सदस्यले जम्मा गरेको पैसा निकालेर व्यक्तिगत काममा प्रयोग गरिन्। छिट्टै ब्याजसहित पैसा फिर्ता गर्ने आश्वासन उनले दिएकी थिइन्। गाउँलेका अनुसार उनले त्यो पैसा घर निर्माणमा खर्चिन्। बिस्तारै जसोधाले गाउँका समान्य महिलालाई अन्य तीन संस्थामा पनि आबद्ध गराइन् र सबै संस्थाबाट १६ प्रतिशत ब्यादरमा ऋण निकालेर ३६ प्रतिशत ब्याजमा लगाउन आग्रह गरिन्। अत्यन्तै चतुर स्वभावकी जसोधाले पछि आफूलाई नै ऋण चाहिएको भनेर सबैसँग पैसा मागिन्। त्यतिबेला आफू संस्थाको सहजकर्ता कर्मचारी भएकाले ऋण सहजै निस्केको र बिनाझन्झट आम्दानी गर्ने उपाय आफूसँग रहेको भन्दै सबै सदस्यलाई उनले सुझाएको पीडित सुवेदा खातुन सम्झिन्छिन्।
खातुनले आफू आबद्ध चारवटा लघुवित्त बैंक र साहुबाट गरी तीन लाख २० हजार रुपैयाँ कर्जा लिएको बताइन्। उनले निर्धन लघुवित्तबाट ५० हजार, स्वावलम्बन लघुवित्तबाट ३० हजार, फर्वार्ड माइक्रोफाइनान्सबाट ४० हजार, मिथिला लघुवित्त विकास बैंकबाट ५० हजार र साहुसँग १ लाख रुपैयाँ गरी तीन लाख २० हजार ऋण लिइन्। खातुनले बैंक र साहुसँग लिएको पैसा जसोधालाई ३६ प्रतिशत ब्याजदरमा ऋण दिइन्। तर सबै रुपैयाँ लिएर जसोधा शान्तिपुर गाउँ छाडी भागेपछि खातुनको बिचल्ली भएको छ। ‘सर हामी त बरबाद भयौं, हाम्रो सबै पैसा डुब्यो,’ उनले रुँदै भनिन्, ‘पति अझै गाली गर्छन्, कहिलेकाहीं त कुटपिट पनि गर्छन्।’
शान्तिपुरकै जसोधाबाट पीडित ३५ वर्षीया जहिरा खातुनले पशुपालनको भरमा सातजनाको परिवार चलाउँदै आएकी छिन्। उनले पनि लोभमा परेर
नेरुडे लघुवित्तबाट ६० हजार, फर्वार्डबाट ५० हजार, छिमेकीबाट ३० हजार, ग्रामीणबाट ५० हजार र २० हजार सापटी गरी २ लाख १० हजार बनाएर जसोधालाई ऋण दिइन्। तर, पैसा नतिरी जसोधा भागेपछि जहिरा पनि चिन्तित बनेकी छिन्। ‘पैसाको कुरा चलेपछि मलाई चक्कर आउन थाल्छ,’ उनले भनिन्, ‘कहिलेकाहीं त सोच्दासोच्दै बेहोस पनि भइहाल्छु।’
ऋण लिएर ऋण लगाएका उनीहरू अहिले पैसा फिर्ता नपाएपछि कंगाल नै भएका छन्। ३६ प्रतिशत ब्याज आउने आस गरेका उनीहरूको सपना पूरा नहुँदै ऋण लिने व्यक्ति जसोधा फरार आफूहरू मारमा परेको पीडितले बताए। ‘हाम्रो पैसा लिएर जसोधा भागिन्। तर, सहकारीले पैसा मागेपछि गाउँकै साहुसँग ३६ प्रतिशत ब्याज दरमा ऋण लिएर तिरेको जसोधाबाट पीडित अर्की नजमा खातुनले बताइन्। ‘मैले ऋण काढेर लिएको २ लाख ८० हजार रुपैयाँ लिएर जसोधा भागिन्। त्यो सबै पैसा मैले ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर तिरेकी छु,’ उनले भनिन्, ‘गाउँका साहुले वास्तविकभन्दा चारगुणा बढी पैसा लिएको भनेर तमसुक गराएका छन्। भनेको बेला पैसा नदिँदा अलि हुसैन नामका साहुले गाई खोलेर लगे।’
पीडितमाथि नै मुद्दा
जसोधा गाउँका २५ जनाको करिब ३० लाख रुपैयाँ लिएर फरार भएपछि गाउँलले उनका ससुरा रामजी सिंहलाई ताकेता गर्न थाले। जसोधाले गाउँमा रहेको आफ्नो अंशको घर र जमिन बेचेकी थिइनन्। तर जसोधाका ससुराले आफूले सबै पैसा तिर्ने आश्वासन दिएपछि जसोधाले फरार अवस्थामै आफ्नो सैब सम्पत्ति बेचिन्। जसोधाले आफ्नो अंश बेचेपछि उनका ससुरा पनि पन्छिन थाले। गाउँलेले बारम्बार तोकता गर्न थालेपछि उनले गाउँलेविरुद्ध नै मुद्दा दर्ता गराए। उनले खजिजा खातुन र सहजादी खातुनमाथि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा मुद्दा दर्ता गराएका हुन्।
कहाँ पुग्यो घटना ?
गाउँलेको पैसा लिएर जसोधा भागेपछि सबैले महेन्द्रनगर प्रहरी चौकीमा संयुक्त उजुरी दिए। घटना यहाँ समाधान हुन नसक्ने भन्दै उसले जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ। तर, धनुषा प्रहरीले पनि चासो नदिँदा जसोधा पक्राउ परेकी छैनन्। गाउँका २५ जनाको मिलाएर करिब ३० लाख रुपैयाँ लिएर फरार भएकी जसोधाका सासूससुरा गाउँमै रहेकाले उनीहरूले उनका सासूससुराविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएका छन्।नागरिक दैनिकबाट साभार
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्