काठमाडौं – सानिमा बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभा प्रस्तावित २१.०५ प्रतिशत लाभांश पारित भएको छ । बुधबार सम्पन्न भएको साधारणसभामा सेयरधनीलाई १०% बोनस सेयर र ११.०५% नगद लाभांश दिने प्रस्ताव प्रस्ताव पारित गरेको हो ।
साथै, संचालक समितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । संचालक समितिको उक्त प्रस्तावलाई भने बैंकका सेयरधनीले चर्को विरोध गरेका थिए । बैठकको भत्ता ३० देखि ५० प्रतिशतसम्म बढाएपछि सेयरधनीले कार्यक्रममै विरोध गरेका हुन् ।
सभाले पारित गरे अनुसार बैंकले अध्यक्षलाई प्रतिबैठक भत्ता १३ हजार रुपैयाँ दिने भएको छ भने संचालकलाई १२ हजार रुपैयाँ दिने भएको छ । जुन रकम अघिल्लो वर्षको बैठकभन्दा अध्यक्षलाई ३० प्रतिशत र संचालकलाई ५० प्रतिशत बढी हो । गत आर्थिक वर्षमा बैंकले अध्यक्षलाई प्रतिबैठक १० हजार र संचालकलाई ८ हजार रुपैयाँ प्रदान गरेको थियो ।
“बैठक भक्ता १२ हजार हुनु धेरै होइन तर एकैचोटि ५० प्रतिशत बढाउनु धेरै हो ।” सभामा एक सेयरधनीले भने– “एकैचोटि ५० प्रतिशत बढाउनु भन्दा अहिले २० प्रतिशतको दर बढाएको भए हुन्थ्यो ।”
हाल बैंकको निक्षेप १२ अर्ब २८ करोड र कर्जा सापट ८३ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल सम्पत्ती १०९ अर्ब रुपैयाँ नाघेको छ । खुद ब्याज आम्दानी ४२० करोड र खुद नाफा २२५ करोड रुपैयाँ नाघेको छ । साथै, बैंकको सञ्चान मुनाफा ३२२ करोड रुपैयाँ र निष्कृय कर्जा ०.०८ प्रतिशत रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्