
काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई एक्वायर गरी असोज २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई बैंकलाई एक्वायर गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ ।
राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम बैंकलाई स्वीकृति दिएको थियो । बैंकको केन्द्रीय कार्यालय बुटवल उप–महानगरपालिका वडा नं ६ मा रहनेछ ।हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुंगाले २ विकास बैंकहरूलाई प्राप्ति गरेसँगै ६८ वटा शाखा पुगेको छ ।
प्राप्तिअघि चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको शाइन रेसुंगाको चुक्तापुँजी पूर्णिमाको ५५ करोड र भार्गवको ५० करोड रुपैयाँ जोडेपछि ३ अर्बको हाराहारीमा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्