Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकले पायो ३० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

अर्थ सरोकार

काठमाडौं – नेपाल धितोपत्र बोडले सनराइज बैंकलाई ३० लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति प्रदान गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोडबाट अनुमति प्राप्त गरेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
सनराइज बैंकले ८ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।  यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK