
काठमाडौँ । इटहरीमा रहेको सिटी गेस्ट हाउसबाट जुवा खेलिरहेको अवस्थामा विवेकशील साझा पार्टीका सुनसरी संयोजकसहित ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद रुपैयाँ र तासका गड्डी पनि बरामद गरेको छ ।
सिटि गेष्ट हाउसभित्र तास खेल्दै गर्दा इटहरी ९ घर भएका संयोजक गिरीसहित सोही ठाउँका सरोज राउत,सरोज बोहोरा, केशव बस्नेत, रामधुनीका महेश राजवंशी र योगेन्द्र गिरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ।
तासको खालबाट ३ लाख ६५ हजार ३६० रुपैयाँ नगदसमेत बरामद भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ। इटहरी क्षेत्रमा तास जुवा खेल्नेहरूलाई निगरानीमा राखेकोसमेत प्रहरीले बताएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्