×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेबोनको नयाँ अध्यक्ष को ? ‘टंक पनेरुको सम्भावना ९० प्रतिशत’

काठमाडौँ । नेपाल धितोपत्र  बोर्डका तत्कालीन अध्यक्ष डा. रेवत बहादुर कार्की ४ वर्षे कार्यकाल पूरागरी असोज २९ गते बोर्डबाट बाहिरिएसँगै अव बोर्डको अध्यक्ष को बन्ला भन्ने विषय ‘टक अफ दी टाउन’ बन्दैछ । र यहि चर्चाकाबीच विभिन्न पात्रहरुका नाम अगाडी आएका छन् ।
आइक्यानका पूर्व अध्यक्षसमेत रहेका टंक पनेरु र सिए नील बहादुर सारुमगर यो दौडमा छन् । सारुमगर सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका नजिकका मानिन्छन् भने टंक पनेरु प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । दुइ सिए बाहेक बोर्डको विज्ञ सदस्यका रुपमा नियुक्त भएका भीष्मराज ढुंगाना र नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीको नाम पनि चर्चामा छ । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका ढुंगानालाई अर्थमन्त्री डा. युवराज खतिवडाले बोर्डको विज्ञ सदस्यमा नियुक्त गरेका थिए । उनी राष्ट्रपतिका नजिकका व्यक्ति मानिन्छन् । 
बोर्डको अध्यक्ष चयन भने अर्थमन्त्रालयमा गठित समितिले चयन गर्नेछ । जसमा राष्ट्रिय योजना आयोगको सदस्य, अर्थसचिव र धितोपत्र बजारको विषयमा जानका रहेको व्यक्ति समिति रहने व्यवस्था छ । समितिले सिफारिस गरेको व्यक्तिबाट मन्त्रिपरिषदले अध्यक्षको टुंगो लगाउने व्यवस्था छ ।
तर प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री लगायतसँग निकै नजिकको सम्बन्ध भएकाले पनि टंक पनेरुलाई अवको अध्यक्षको रुपमा लिइन थालेको छ । ‘ अवको अध्यक्षमा टंक पनेरुको सम्भावना ९० प्रतिशत हो । अरु पात्रको सम्भावना १० प्रतिशत हो ।’ स्रोत भन्छ, ‘तर राजनीतिक नियुक्ति भएकाले जे पनि हुन सक्छ । कमजोर प्रतिष्पर्धीलाई नियुक्ति दिइएको यसअघिका विभिन्न निकायका नियुक्तिका उदाहरणहरु छन् । तर अहिलेको जोड-घटाउ यही हो ।’       
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: