काठमाडौं । प्रहरीले काठमाडौंको टोखामा जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ टोखा नगरपालिका–११ स्थित पूर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा २ लाख २४ हजार रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको हो ।
महाराजगञ्ज वृत्तका प्रहरी नायव उपरीक्षक उमेश लम्सालले जुवाडेहरुको थप अनुसन्धान भइरहेको जानकारी दिए ।