
काठमाडौं । ट्राफिक प्रहरीले दशैंका बेला ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ९७२ जनालाई कारबाही गरेको छ । प्रहरीकाअनुसार मापसे कारबाहीमा १ हजार ९३६ जना, लामो दूरीका सवारी साधनमा अनिवार्य दुई चालक नराख्दा २६ जना, हेल्मेटको प्रयोग नगर्ने र जिगज्याग तथा तीव्र गतिमा सवारी साधन चलाउने २७ जना, बढी भाडा लिँदा ३२१ जना, ओभरलोड तथा यात्रु छतमा राख्ने ४० जना कारबाहीमा परेका हुन् ।
यस्तै ट्राफिक प्रहरी कार्यालयले जारी गरेको बुलेटिनमा अग्रिम बुकिङ्ग टिकट नपाएको, टिकटमा भएको गाडी नम्बर र चढ्ने गाडी नम्बर फरक परेको, टिकटमा सिट नम्बर उल्लेख नभएको, भाडा बढी लिएको, टिकट काटेकोमा यात्रु नलिई गएको, नागढुंगा सडक खण्डमा ट्राफिक जाम बढी भएको लगायतका १४० वटा उजुरी यो अवधिमा परेको जनाएको छ ।
प्रहरीले असोज ५ देखि २२ गतेसम्मको एकमुष्ट रुपमा बुलेटिन निकालेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्