
काठमाडौंको असनबासीले हर्षोउल्लासका साथ खडग जात्रा मनाएका छन । दसैंको विजया दशमीको भोलीपल्ट एकादशीका दिन बुधबार काठमाडौंका असनबासीले दसैंको टीका लगाएर खड्ग जात्रा मनाएका हुन । टोलका सबैभन्दा सानो बालकलाई खडग बोकाएर यो जात्रा मनाउने गरिन्छ । टोलबासीको एकताका लागि पनि यो पर्व मनाउने गरिएको स्थानीय माणिकरत्न तुलाधरले जानकारी दिएका छन् ।
सबैभन्दा कम उमेरका नानीलाई खडग बोकाएर टोल परिक्रम गरे टोलकै सुरक्षा हुने मान्यता अनुसार यो पर्व मनाउने गरिएको स्थानीयको भनाई छ । ११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खडगले कुभिण्डो काटेर दूर्गा भवानीलाई बलि दिने प्रचलन छ ।
असनको मूलघरबाट निकालिने खड्ग जात्रा अन्नपूर्ण देवी र गणेश मन्दिर परिक्रमा गरी त्यही घरको चोकमा आसुरी शक्तिको प्रतीक कुभिन्डो काटेर समापन गरिन्छ । असनका बासिन्दाले बडादसैंको टीकाको दोस्रो दिन असंचालंको नाममा टीका लगाएर दसैं मनाउने चलन छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्